२०८०, ९ आश्विन मंगलवार
×

ट्रेन्डिङ

सत्ता गठबन्धनको निष्कर्ष : मुलुक राजनीतिक स्थायित्व र समृद्धिको दिशातर्फ उन्मुख

461204 Shares

काठमाडौं । सत्तारुढ गठबन्धनका चार दलकाे बैठकले प्रतिनिधिसभा र प्रदेशसभाकाे आएकाे निर्वाचन परिणाले मुलुक राजनीतिक स्थायित्व र समृद्धिको दिशातर्फ उन्मुख निष्कर्ष निकालेका छन् ।

 

त्यस्तै बैठकले गठबन्धनको आवश्यकता र सान्दर्भिकता पुष्टि गरेको निष्कर्ष निकालेकाे छ । साेमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले गठबन्धनको सान्दर्भिकता पुष्टि भएको निष्कर्ष निकालेको हो।

‘हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको छ । मुलुकका सामु विद्यमान चुनौतीहरुको सामाना गर्नु पर्ने अवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी छ’ कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पाैडेलले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया