507234
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका गगन थापा विजयी भएका छन् ।
थापाले प्रतिद्वन्द्वी एमालेकाका राजन भट्टराईलाई ७ हजार ४६० मतान्तरले पराजित गरे । थापाले २१ हजार ३०३ मत ल्याए । साथै, भट्टराईले १३ हजार ८४३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गत २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि थापाले भट्टराईलाई नै पराजित गरेका थिए ।