517635
Shares

मुस्ताङ । मुस्ताङमा प्रतिनिधि सभा तर्फ नेपाली काँग्रेसका योगेश गौचन विजयी हुनुभएको भएको छ ।
एकमात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको मुस्ताङमा काँग्रेसका युवा उम्मेदवार गौचन ३ हजार ९ सय ९२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्धी नेकपा एमालेका एमालेका उम्मेदवार प्रेम तुलाचनले ३ हजार ७८ मत ल्याउनु भएको थियो । यसको आधिकारिक घोषणा भने भएको छैन ।
मुस्ताङमा प्रतिनिधि सभाको एकमात्र निर्वाचन क्षेत्र रहेको छ भने प्रदेश तर्फ दुई निर्वाचन क्षे त्ररहेका छन् । प्रदेश तर्फको मतगणना शुरु हुँदैछ ।