२०८१, १३ जेष्ठ आईतवार
×

ट्रेन्डिङ

बेलायतबाट नील पुन र किरण माइकलले सार्वजनिक गरे ‘सोच भाई सोच’ को म्युजिक भिडियो

160994 Shares

लण्डन । नील पुनः र किरण माइकल घिमिरेको स्वरमा गीत ‘सोच भाई सोच’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

र्‍याप पप जनराको उक्त गीतमा गायकद्वय नील र किरणसँगै कमेडियन खड्ग बहादुर पुनः (खबपु) ले अभिनयन गरेका छन् ।

गीतमा विदेशमा रहँदा आर्थिक समस्याले तनावमा रहेका एक युवाको जीन्दगी र समयान्तरमा कोहि कसैको सहयोगमा आउने परिवर्तित भावनासँग जोडिएको छ । गीतमा शब्द, संगीत दुबै गायक नील पुनः को नै छ । एरेञ्ज स्पार्कको छ ।

दाइको रेकर्ड्स र साइराम पिक्चर्समा रेकर्ड गरिएको गीतको भिडियो लण्डनमा छायांकन गरिएको हो । आशिष श्रेष्ठ छायांकारमा रहँदा सम्पादन र कलरको काम अनिष नाप्परले गरेका छन् । पोष्ट प्रोडक्सनको काम पेपरक्लिपमा गरिएको हो ।

प्रतिक्रिया