२०८३, २२ कार्तिक शनिबार
×

पोर्चुगलमा छायांकन गरिएको ‘चोखो माया’ सार्वजनिक 

182632 Shares

लिस्बन, २६ भदौ । पोर्चुगलको रमणीय स्थलमा छायांकन गरिएको “चोखो माया” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

 

साहित्यकार स्पन्दन विनोदको उक्त म्यूजिक भिडियो बुढासुब्बा डिजिटलको युट्युव च्यानल मार्फत् सार्वजनिक गरिएको हो ।

 

गीतमा साहित्यकार तथा संगितकार सुनिल सङ्गमको शब्द तथा संगित रहेको छ । महाराज थापाको संगीत संयोजन रहेको उक्त गीतमा आवाश श्रेष्ठले स्वर दिएका छन् ।

 

साहित्यकार सङ्गमको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा रचनाकार स्पन्दन संगै पूजा सिम्खडाको अभिनय रहेको छ ।

 

म्युजिक भिडियो पुष्पराज सुबेदीको छायांकन तथा ओम प्रकाश अवस्थीको सम्पादनमा तयार पारिएको हो ।

https://youtu.be/kG_NPPtPs8g

प्रतिक्रिया