2801
Shares
काठमाडौं । गीतकार होम न्यौपानेको शब्द तथा बिपी वाग्लेको गायन र संगीत रहेको ‘मेरो प्राण तिमी नै’ बोलको गीतको भिडियो सार्वजनीक भएको छ । बि पी वाग्ले स्वर /संगीत रहेको गीतमा नायिका मरिष्का पोखरेल र दृश्य सुबेदीको अभिनय रहेको छ । म्युजिक भिडियोमा अभिनय गरिरहँदा उनी पछिल्लो पटक म्युजिक भिडियोकै निर्देशकका रुपमा पनि उदाएकी छन् ।
भिडियोमा मरिस्काको दृश्यसँगको भेट, उनीहरुको प्रेमविवाह अनि घरमा दुर्घटनामा परेपछि ह्वीलचेयरमा मरिस्का बस्नुपरेको पीडालाई प्रस्तुत गरिएको छ । उत्सव दाहालको छायांकन रहेको भिडियोमा नविन भट्टको सम्पादन छ । भिडियो मिसन इन्टरटेन्मेण्टको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो केही दिन भित्रै राष्ट्रिय टेलिभिजनमा प्रसारणमा आउने गीतकार न्यौपानेले बताए ।