254856
Shares
इटहरी / नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल सुनसरीले प्राकृतिक प्रकोपका कारण विपत्तिमा परेका नागरिकको उद्धार तथा राहत कार्यमा जुट्न जिल्लाका तरुणहरुलाई खटाउने भएको छ ।
तरुण दलका सुनसरी अध्यक्ष सिजन गुरुङले मङ्गलबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय इटहरी सहित सुनसरी भर मनसुनी वर्षाका कारण बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक प्रकोप निम्तिन थालेको भन्दै प्रकोपमा परेका व्यक्तिको उद्धार र राहतमा जुट्न जिल्लाका नगर तथा मातहतका पदाधिकारीहरुलाई परिपत्र गरेका हुन् ।
