२०८३, २९ कार्तिक शनिबार
×

युरोप पठाउने भन्दै २२ जनासँग दुई करोड ४१ लाख ठगी, विभागले दायर गर्‍यो मुद्दा

4710 Shares

काठमाडौँ । त्रिपुरेश्वरस्थित एक कन्सल्टेन्सीले युवाहरूलाई युरोपियन मुलुकमा आकर्षक रोजगारीको प्रलोभन देखाएर दुई करोड ८८ लाख ४१ हजार सात सय रुपैयाँ ठगी गरेको खुलेको छ।

जेनियस एजुकेशन एण्ड कन्सल्टेन्सी सर्भिस प्रालिले पोर्चुगल, स्पेन, फ्रान्सलगायत मुलुकमा आकर्षक काम र तलबको प्रलोभन देखाएर ठगी गरेको खुलेको हो।

यी मुलुकहरूमा लैजाने भनि कन्सल्टेन्सीले प्रतिव्यक्ति झन्डै १८ लाखसम्म ठगी गरेको वैदेशिक रोजगार विभागले बताएको छ।

पिडितले विभागमा गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा ठगी गरेको पुष्टि भएको विभागले बताएको छ। सोही आधारमा कन्सल्टेन्सी सञ्चालक सुजन भट्टराई, मेखबहादुर गुरुङ र सुनिल लम्साललाई प्रहरीले पक्राउ गरेको हो।

निजहरूले वैदेशिक रोजगार ऐन २०६४ को दफा १० को प्रावधान विपरित काम गरेकाले एक करोड ४३ लाख २५ हजार ८५० रुपैयाँ हर्जनासहित जम्मा बिगो चार करोड ७ लाख २३ हजार ५० रुपैयाँ मागदाबी गरी विभागले वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्धा दायर गरेको छ।

निजहरूलाई वैदेशिक रोजगार ऐनको दफा ४३ बमोजिमको सजायसमेत मागदाबी गरिएको छ।

पछिल्लो समय विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि जाने विद्यार्थीहरूलाई परामर्श दिने उदेश्यले दर्ता भएको कन्सल्टेन्सीले रोजगारी प्रलोभन देखाएर ठगी गरिरहेको पाइएकाले सजग रहन विभागले आग्रह गरेको छ।

प्रतिक्रिया