काठमाडौं । बिश्व कीर्तिमानी सगरमाथा आरोही तथा सामाजिक अभियन्ता कल्पना महर्जनले बालबिवाह रोकथामका लागि सचेतना अभियानको थालनी गरेकी छिन् । कल्पनाले ललितपुर जिल्लाको दुर्गम गाउँं डुकुछापबाट उक्त अभियानको थालनी गरेकी हुन् ।
कल्पनाले गोदावरी नगरपालिकासँगको सहकार्यमा शान्ति शिक्षा अभियान नेपालको आयोजनामा ललितपुरको गोदावरी नगरपालिका वडा नं. ८ डुकुछापको सामुदायिक स्कुलहरुका विद्यार्थीहरुको साथै दनुवार बस्तीमा पुगेर सचेतना अभियानको थालनी गरेकी हुन् । कल्पना ती स्कुल र वस्तीमा पुगेर बालबाबिबाहका विषयमा जानकरी दिन थालेकी हुन् । साथै उनले बालविबाहका नकारात्मक पक्षहरुका विषयमा जानकारी दिंदै वालविवाह नगर्न र नगराउन आग्रह समेत गरेकी छन्। कल्पनाले वि.सं. २०७६ जेष्ठ ९ गतेका दिन सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्दा सगरमाथाको चुचुरोबाट बालबिवाह रोकथामका लागि अभियान सञ्चालन उद्धघोष गरेकी थिइन् ।
नेपालको अन्य अल्पसंख्यक जातिमध्ये दनुवार पनि एउटा जाति हो । वि.सं. २०६८ को जनगणनाको तथ्यांक अनुसार देशभर दनुवारहरुको संख्या ८४ हजार एक सय १५ रहेका छन् । नेपालको काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, गोरखा, नुवाकोट, कास्की, झापा, मोरड, सुनसरी, रौतहट मकवानपुर, सर्लाही आदि जिल्लाहरुमा दनुवारहरु बसोबास गर्दै आएका छन् ।
दनुवार जाति भरसक आफ्नै गाउँमा विवाह गर्छन् । यो समाजमा बालविवाह एवम् बहु विवहाको प्रचलन पनि छ । गरिबी र जनचेतनाको अभवा जस्ता बाध्यात्मक कारण बाहेक सामाजिक सञ्जाल लगायतको बढ्दो प्रयोगसँगै स्वेच्छाले परिवारको स्वीकृति विना पनि भागेर बालविवाह हुने गरेको वास्तविकता पनि छ ।
बिश्वको सर्वोच्च शिखर सगरमाथाको दुबै मोहोडा नेपाल दक्षिणीतर्फबाट (सन् २०७५ जेष्ठ ९ गते) उत्तरी मोहोडा (तिब्बततर्फबाट सन् २०७६ जेष्ठ ९ गते) का दिन सफल आरोहण गरी विश्वकै पहिलो महिला पत्रकारको बिश्व कीर्तिमानी राख्न कल्पना सफल बनेकी हुन् ।
ललितपुर महानगरपालिका स्थापना भएको १०० औं दिन तथा वाडंमय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०० औं जन्मोत्सवको उपलक्ष्यमा कल्पनाले सर्वोच्च शिखरबाट नगरपालिको लोगो अंकित झन्डा र जोशीको फोटो अंकित झन्डा सर्वोच्च शिखर सगरमाथामा फह¥याएका थिइन् । एक्स्पेरियन्स आउटडोर्स नेपालको ब्यवस्थापनमा भएको सगरमाथा आरोहणको सिलसिलामा बोकेको नारा शिक्षाको माध्यबाट बालबिवाह रोकथाम अभियान २०१९ वि.सं. २०७५ जेष्ठ ९ गतेका दिन सर्वोच्च शिखर सगरमाथाबाट उद्घोष गरेकी थिइन् । यो अभियान कीर्तिमानी सगरमथा आरोही कल्पनाले संस्थाका थप साझेदार सामुदायिक विद्यालयहरुमा प्रभावकारी ढंगले अघि बढाउने बताएकी छिन् ।