लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले कान्तिपुर टेलिभिजनले त्यहाँ कार्यरत श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक, बिनाकारण कामवाट निश्कासन गरिएकी दिपा दाहाल लगायत पत्रकारहरुको पूर्नवाहालीको माग गरेको छ ।
शाखाका अध्यक्ष विपिन निरौलाले सोमवार एक विज्ञप्ति जारी गर्दै कान्तिपुर जस्तो देशकै प्रतिष्ठित संचार गृहले पत्रकारलाई सफाइको समेत मौका नदिएर निष्काशन गर्नु खेदजनक रहेको बताएका छन् ।
आजै देखि ती माग पुरा गर्न नेपाल पत्रकार महासंघ शुरु गरेको चरणवद्ध संर्घषको नेपाल पत्रकार महासंघ यूके शाखाले एक्येवद्धता जाहेर गरेको छ ।
प्रशासनको मनोपलिले व्यक्तिगत इगो साच्न पूर्वाग्रही भएर विनाकारण पत्रकारहरुलाई संचार गृहले हटाइनु नेपालको श्रम ऐन विपरित समेत रहेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा न्युनतम तलव समेत नदिने संचार गृहको पछिल्लो निर्णयले विश्वभर छरिएका पत्रकारहरुको मनमा चोट पुगेको भन्दै पिडित पत्रकारहरुको पक्षमा उभिन विश्वभरका पत्रकारहरुलाई आग्रह गरिएको छ ।
विज्ञप्तिमा पत्रकार र संचार गृहबीच तत्काल वार्ता गरि समस्याको समाधान निकाल्न आग्रह गर्दै अन्यथा पत्रकारहरुको मागलाई अन्तराष्ट्रिय फोरमहरुमा समेत उठाउने चेतावनी दिएका छ । शाखाले नेपाल सरकारलाई समेत तत्काल पत्रकारहरुको पक्षमा आफ्ना धारणा सार्वजनिक गर्न अनुरोध गरेको छ ।