२०८३, २९ कार्तिक शनिबार
×

चट्टान आरोहण गर्न सिकाउँंदै सगरमाथा आरोही कल्पना

5794 Shares

काठमाडौ । साहसिक खेलको माध्यमबाट पर्यटक आकर्षण गर्ने उद्देश्यका साथ इलाममा चट्टान आरोहण तालिम शुरु भएको छ ।

इलाम नगरपालिका वडा नं. ८ मा रेहको चट्टानमा १ हप्ते चट्टान आरोहण प्रारम्भिक तालिम संचालन भएको हो ।
तालिमको सहजीकरणका लागि काठमााडौंबाट विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन इलाम पुगेकी छिन् । त्यहाँं पुगेर आफूले चट्टान आरोहण सम्बन्धि आधारभूत तालिम दिन थालेको सगरमाथा आरोही महर्जनले बताइन् । कल्पनाको साथमा प्रशिक्षक मनिषा बुडामगर र सुसान्त ढुंगेल पनि रहेका छन् ।

तालिम इलाम नगरपालिकाको सहयोगमा याम बहादुर (कमल) फाउण्डेशन इलामले आयोजना गरेको हो । तालिममा इलामका १० जना युवाहरूको सहभागीता रहेको छ ।
एक हप्ताको प्रारम्भिक तालिम पश्चात केचना कंचनजंघा पर्यटन तथा चलचित्र महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई यहाँ चट्टान आरोहण गराउने उद्देश्य रहेको जनाइएको छ ।
तालिममा सहभागीहरुलाई विस्तारै थप चट्टान आरोहण तालिम दिदै जाने बताईएको छ । इलाम नगरपालिकामा साहसिक पर्यटकहरुलाई आकर्षित गर्दै चट्टान आरोहणको लागि पनि इलाम एउटा उत्कृष्ट गन्तब्यको रुपमा विकास गर्ने कार्यको थालनी समेत भएको छ ।

पर्यटकीय नगरपालिको दृष्टिकोणले देशका पुराना नगरपालिका मध्येको एक हो इलाम नगरपालिका । इलाम नगरपालिका १७३.३२ वर्ग कि.मी क्षेत्रमा फैलिएको छ । ऐतिहासिक, सांँस्कृतिक सम्पादहरुको साथै भाौगोलिक विविधता रहेको यो नगर साहसिक खेलको लागि पनि उत्तिकै महत्व रहेको छ ।

प्रतिक्रिया