२०८३, २३ कार्तिक आईतवार
×

एड्भेन्चर स्टार गौतम खातीलाई सर्वोत्कृष्ट डकुमेन्ट्री निर्देशकको अवार्ड

418332 Shares

काठमाडौँ । एड्भेन्चर स्टार गौतम खातीलाई सर्वोत्कृष्ट डकुमेन्ट्री निर्देशकको अवार्डद्वारा सम्मान गरिएको छ ।

हालै समपन्न ज्योति फ्लिमस म्युजिक अवार्डको तेश्रो संस्करणमा उनले सर्वोत्कृष्ट डकुमेन्ट्री निर्देशकको अवार्डबाट सम्मानित भएका हुन् ।

चलचित्र बिकास बोर्डका अध्यक्ष वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक दयाराम दाहालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्रिय चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खडका, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, वरिष्ठ निर्देशक तुलसी घिमिरे, अभिनेता रमेश उप्रेती लगायत थुप्रै कलाकार तथा वरिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

उनले ‘भिजिट डाँछि’ नामक डकुमेन्ट्री मार्फत सो अवार्ड ग्रहण गरेका हुन । कार्यक्रममा उनलाई निर्माता संघका अध्यक्ष आकाश अधिकारी लगायतका व्यक्तित्वहरुले सो अवार्ड प्रदान गर्नु भएको थियो ।

“आफुले गरेको मिहिनेतको फल स्वरुप र भगवानरुपी दर्शक श्रोताको मायाले आज मैले यो अवार्ड हात पारे ।” अवार्ड पाए पश्चान उनले आफ्नो खुशी बाडँदै भने । साथै आयोजक टिम, आफुलाई सहयोग गर्ने डाँछि वडाका सम्पूर्ण महानुभावहरु, स्थानीय वासिन्दा लगायतलाई हृदयदेखि नै धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया