२०८३, २९ कार्तिक शनिबार
×

अन्तर्राष्ट्रिय धादिङ समाज र डेण्टल डक्टर क्लिनिकबिच सम्झौता

2714 Shares

काठमाडौं । अन्तर्राष्ट्रिय धादिङ समाज र डेण्टल डक्टर क्लिनिक काठमाडौं बिच द्धिपक्षीय सम्झौता भएको छ ।
दन्त रोग सम्बन्धी सम्पुर्ण उपचारमा २५ प्रतिशत छुट पाउने गरि सम्झौता गरिएको अन्तर्राष्ट्रिय धादिङ समाजका महासचिव राजेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ ।

धादिङ जिल्ला बसोबास गर्ने जो कोहिले पनि उक्त छुट पाउने प्रवक्ता विशेष लोहनीले धादिङ सन्चारलाई जानकारी दिनुभयो ।छुट प्राप्त गर्नको लागि धादिङ जिल्लाबासी भएको परिचयपत्र खुल्ने प्रमाण आवश्यक पर्ने छ । यसैगरी गैर आवासीय नेपालीहरुलाई पनि २५ प्रतिशत छुटमा सम्पुर्ण उपचार गरिने व्यावस्था गरिएको छ ।

काठमाडौंको शंखमुल स्थित रहेको डेण्टल डक्टर क्लिनिकमा वि.स. २०७९ साल बैशाख १ गते देखी लागु हुने उक्त सम्झौता २०७१ बैशाख १ गते सम्म जारी रहने छ ।

अन्तराष्ट्रिय धादिङ समाजको तर्फबाट अध्यक्ष राजन खकुराल र डेण्टल डक्टर क्लिनिक प्राईभेट लिमिटेडका तर्फबाट निर्देशक प्रो.डा. मनोज हुमागाईले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया