२०८३, २९ कार्तिक शनिबार
×

“सम्झनामा कृष्णप्रकाश श्रेष्ठ” स्मृती ग्रन्थ बिमोचन

2436 Shares

काठमाडौं । गैरआवासीय नेपाली सङ्घको भाषा,साहित्य , संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिले नेपाली साहित्यका प्रवासका शिखर पुरुष स्वर्गीय कृष्णप्रकाश श्रेष्ठको प्रथम पुण्यतिथीको अबसरमा ” सम्झनामा कृष्णप्रकाश श्रेष्ठ ” स्मृति ग्रन्थको एक बिशेष समारोह बिच लोकार्पण गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री गङ्गाप्रसाद उप्रेतीले कृतिको लोकार्पण गर्दै नेपाली भाषा साहित्यलाई प्रवासमा उन्नयन गर्ने श्रेष्ठ शिखर साहित्यिक ब्याक्तित्व रहेका थिए भन्नू भयो । श्रेष्ठले मुनामदन लगाएत दर्जनौ नेपाली साहित्यका कृति रसियन भाषामा अनुबाद गरि प्रकाशन गरेको र त्यसै गरि रसियन भाषाका कृतिहरु नेपालीमा अनुवाद गरेका थिए ।

साठी बर्ष प्रवासमा रहेर नेपाली साहित्यका कृतिहरुक रचना , अनुवाद तथा नेपाली संस्कृति र वाङमयको सेवा गर्ने कृष्णप्रकाश श्रेष्ठ नेपाली साहित्यको इतिहासमा सधै अमर रहने छन , उप्रेतीले भन्नू भयो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत उपाध्याय ” प्रेक्षित” ले प्रकाशित कृति माथि बिबेचना गर्नु भएको थियो । श्रेष्ठसङ्ग उनको जिवनका बिबिध कालखण्डमा सहकार्य गरेका २७ जना लेखकहरुका रचना उक्त कृतिमा समेटिएका छन । कार्यक्रममा एनआरएनए पुर्व अध्यक्ष तथा लेखक जिवा लामिछाने , उपाध्यक्ष डा. बद्री केसी , प्रा. डा. हेमनाथ पौडेल , डा. श्याम उपाध्याय , डा. मनमुर्ती भुर्तेल , तेज प्रकाश श्रेष्ठ , रसियन कवि तात्याना चे , अनेसासका अध्यक्ष प्रकाश पौडेल ” माइला ” बिनेसासका अध्यक्ष सुरेन्द्र परदेशी लिम्बू लगाएतले श्रेष्ठसङ्गका आ आफ्ना सम्झना र उहाको ब्याक्तित्व बारे बोल्नु भएको थियो ।

कार्यक्रम कृतिका सम्पादक सुरेन उप्रेतीले संचालन र सभापतितब भाषा , साहित्य , संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिका अध्यक्ष हिक्मत थापाले गर्नु भएको थियो ।
थापाले कृति प्रकाशनकाब्लागी सहयोग गर्ने श्रेष्ठका परिवार , सबै बिद्द्वत लेखकहरु र बिशेष सहयोग गर्ने जिवा लामिछाने , हरि पौडेल , डा. बद्री केसी , महेश्वर पन्त , बिनेसास रसिया , बिकास बिष्ट , सपिला राजभण्डारी , प्रा. डा. हेमनाथ पौडेल , सुरेन उप्रेती , गोबिन्द प्रसाद गौतम , डा. मनमुर्ती भुर्तेल लगाएतलाई आभार ब्यक्त गर्नु भएको थियो ।

पुस्तकमा स्वर्गीय कृष्णप्रकाश श्रेष्ठ का सम्झनामा केदार वशिष्ठ , गोबिन्द गिरी प्रेरणा , प्रा.डा. गोबिन्दराज भट्टराई , चन्द्रकान्त आचार्य , प्रा. जगत उपाध्याय ” प्रेक्षित” , जिवा लामिछाने , तात्याना चे , तेजप्रकाश श्रेष्ठ , दिनेश अधिकारी, धनराज गिरी , डा. नाज सिंह , डा. नेत्र एटम , नेल्ली पन्तिलेइभ्ना, प्रकाश पौडेल “माइला ” , डा. मधु माधुर्य , डा. मनमुर्ती भुर्तेल , मारिना श्रेष्ठ, डा. मुकुन्द पथिक , राजेन्द्रबहादुर अधिकारी , डा. श्याम उपाध्याय , सुरेन उप्रेती, सुर्य किरण गुरुङ्ग , डा. सुर्यप्रकाश पौड्याल , हिक्मत थापा , हिरण्यलाल श्रेष्ठ र प्रा. डा. हेमनाथ पौडेलका लेख रचना समेटिएका छन ।

त्यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तका शुभकामना सन्देश स्मृती ग्रन्थमा रहेका छन ।

 

प्रतिक्रिया