2221
Shares
काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण भएको छ। शनिबार गरिएको उनको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो। ‘हिजो बिहान पीसीआर परीक्षण गरिएको थियो, साँझ आएको रिपोर्टमा पोजेटिभ देखियो’, बालकोट स्रोतले जानकारी दियो।
ओलीलाई कोरोना संक्रमण देखिएसँगै आइतबारका लागि तय भएको पत्रकार सम्मेलन पनि स्थगित गरिएको छ। दुईपटक मिर्गौैला प्रत्यारोपण गरेका ओली विभिन्न संक्रमण पीडित भएका थिए । ओलीसँगै उनकी पत्नी राधिका शाक्यलाई पनि कोरोना संक्रमण भएको छ।