२०८३, २३ जेष्ठ शनिबार
×

ट्रेन्डिङ

टेकुमा जाँच गराएकामध्ये ५ जनामा कोरोना पुष्टि

0 Shares
Spread the love

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) मा परीक्षण गराएका मध्ये ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले पछिल्लो एक हप्तामा जचाउने आएका मध्ये ५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उनीहरू ज्वरोलगायतका संकास्पद लक्षण लिएर आएका थिए। परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो।

काठमाडौंको नर्भिक अस्पतालबाट रिफर भएर टेकु पुगेका एक जना भने भर्ना भएर उपचार गरिरहेका छन्। उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।

अस्पताल स्रोतका अनुसार उनले ८ दिन नर्भिक अस्पतालमा उपचार गरेका थिए। त्यसपछि रिफर लिएर टेकु आइपुगेका हुन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार हालसम्म देशभर १६ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया