२०८३, १० असार बुधबार
×

ट्रेन्डिङ

बेलायतद्वारा कोरोनाको ओमिक्रोन भेरियन्टविरुद्धको खोपलाई मान्यता

2992 Shares
Spread the love

काठमाडौं । बेलायतले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टविरुद्ध प्रयोग गर्न बनाइएको खोपलाई मानयता दिएको छ । पछिल्लो भेरियन्टविरुद्ध बनेको खोपलाई मान्यता दिने बेलायत पहिलो देश हो ।

 

मोर्डना कम्पनीले उत्पादन गरेको यो खोपलाई बुस्टर डोजको रूपमा प्रयोग गरिने बीबीसीले जनाएको छ । निर्माता कम्पनीले यसैवर्ष २ करोड ९० लाख डोज निर्यात गर्नसक्ने बताएको छ ।

 

खोप कतिवर्षमा मानिसले लगाउनसक्ने भन्नेबारेमा कम्पनीले अहिले नै केही बताएको छैन ।

 

बेलायतमा ५० वर्षभन्दा माथिका व्यक्ति र जोखिम समूहका मानिसहरूलाई सेप्टेम्बरदेखि यसको बुस्टर डोज लगाइको समाचारमा उल्लेख छ ।

 

यसअघि बनेका कोरोनाको खोप चीनको वुहानबाट निस्किएको भाइरसको पहिलो भेरियन्टसँग लड्ने क्षमता थियो । समयसँगै कोरोनाको नयाँ भेरियन्ट थपिएसँगै पुरानो खोपको प्रभावकारिताक कम हुँदै गयो ।

 

कोरोनाो नयाँ खोप नयाँ भेरियन्टविरुद्ध लड्नको लागि तयार गरिएको हो ।

प्रतिक्रिया