२०८२, २८ फाल्गुन बिहीबार
×

ट्रेन्डिङ

३२ वर्ष पछि पोर्चुगलको ऐतिहासिक किर्तिमान

3140 Shares
Spread the love

विश्वकपमा समुह चरणको पहिलो खेलमा स्पेन माथि ३३ को बराबरी गरेको पोर्चुगलले दोश्रो खेलमा मोरक्कोलाई १ ० ले हराएको छ। समुह बी को पहिलो खेलमा ह्याट्रिक गरेका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले नै मोरक्को विरुद्ध पनि गोल गरे। उनले खेलको चोथौँ मिनेटमा नै गोल गरेका हुन्।

अन्तराष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा पनि रोनाल्डो दोश्रो नम्बरमा पुगेका छन् । उनले पोर्चुगलका लागि ८५ गोल गरेका छन्। उनीभन्दा अघि इरानका अलि डाइले १०९ गोल गरेका छन्।

पोर्चुगल सँगसँगैका हारसँगै अघिल्लो चरणमा जाने मोरक्कोको सम्भावना लगभग सकिएको छ। पोर्चुगलको अघिल्लो चरणमा जाने सम्भावना बलियो बनेको छ। खेलमा घेरै समय नियन्त्रण राखेर खेलेपनि मोरक्कोले कुनै गोल भने गर्न सकेन।

थप जानकारीको लागि भिडियो हेर्नुहोस्…

https://youtu.be/hbpiiC0O2wI

प्रतिक्रिया