२०८३, २९ कार्तिक शनिबार
×

नेपाली खाना पकाएर सन्तोष साहले जिते बीबीसी मास्टरसेफ प्रोफेसनल्स ‘रिम्याच’

15468 Shares

लण्डन । नेपाली मूलका सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको रिम्याच जितेका छन् ।

सोमबार साँझ बीबीसीमा प्रसारण गरिएको फाइनलमा उनले अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै सो उपाधि हात पारेका हुन् । यस वर्षको मास्टरसेफ प्रोफेसनल्समा विगतमा वर्षहरुमा फाइनलमा पुगेकाहरुलाई प्रतिस्पर्धा गराइएको थियो ।

उनले १८ किसिमका नेपाली खानेकुरा प्रस्तुत गरेका थिए । उनले नेपाली मौलिक परिकार कुखुराको तीते, बिरिया, तिलौरी, सात किसिमको तरुवा, भात, मासको दाल, गोलभेडांको चट्नी, कटर पोलेको, मालपुवा, बुनिया जस्ता विभिन्न  परिकार प्रस्तुत गरेका थिए ।

आफ्नी आमाले बनाएर खुवाएको खानेकुरालाई नै परिस्कृत गर्दै प्रतियोगितामा सहभागी भएका थिए । करिब पाँच महिना नेपाल बसाइका क्रममा आफूले बटुलेका नेपाली खानाको अध्ययनको आधारमा यस पटकको प्रतियोगितामा सहभागी भएको शाहले बताए ।

बीबीसीबाट प्रसारण हुने हस्पिटालिटी क्षेत्रमा विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ मा साह उपविजेता समेत बनेका थिए । नेपाली खानालाई विश्वमाझ चिनाउने लक्ष्यसहित अघि बढेका भएका साहले यसपटक पाएको सफलताले थप उर्जा थपेको बताए ।

प्रतिक्रिया