22194
Shares
काठमाडौँ । काँग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनमा खड्का र गुरुङ विजयी भएका हुन् ।
बुधबार राति सम्पन्न मतगणना अनुसार उपसभापतिमा सबैभन्दा धेरै मतका साथ खड्का विजयी भएङ्का छन्। यस्तै गुरुङ झिनो मतान्तरले विजयकुमार गच्छादारलाई पछाडि पार्दै उपसभापतिमा विजयी भएका छन्।
उपसभापतिमा विजयी गुरुङ शेखर कोइराला समूहका हुन् भने खड्का शेरबहादुर देउवा समूहका हुन्। गच्छदार पनि देउवा समूहबाट उम्मेदवार बनेका थिए।