591
Shares
काठमाडौं । स्वास्थ्यमा गडबडी देखिएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् ।
शनिबार स्वास्थ्यमा गडबडी देखिएपछि अध्यक्ष प्रचण्डलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।
प्रचण्डको सचिवालयले अध्यक्ष प्रचण्डको रक्तचाप बढेपछि अस्पताल लगिएको जनाएको छ ।