२०८३, २३ कार्तिक आईतवार
×

२८ दिनपछि रिहा भए शाहरुखका छोरा आर्यन

1465 Shares

काठमाडौँ – क्रूज ड्रग्स प्रकरणमा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान रिहा भएका छन् । गत अक्टोबर २ मा आर्यनसहित आठ जनालाई मुम्बईस्थित नार्कोटिक्स कन्ट्रोल ब्युरोले पक्राउ गरेर मुद्दा चलाएको थियो ।

लागूऔषध नियन्त्रण ब्युरो(एनसीबी) ले अक्टोबर २ मा आर्यनलाई लागूऔषध सेवन गरेको आरोपमा पक्राउ गरेको थियो ।

यस प्रकरणमा एनसीबीले आर्यनसहित २० जनालाई पक्राउ गरेको थियो । आर्यनसँग लागूऔषध नभेटिए पनि उनको ह्वाट्सएप च्याटअनुसार लागूऔषध तस्करीमा संलग्न भएको हुनसक्ने एनसीबीको आरोप थियो ।
आर्यनको पक्षमा अदालतमा नरेन्द्र मोदी सरकारको महान्यायाधिवक्ता रहेका मुकुल रोहतगीले बहस गरेका थिए । त्यस्तै अभिनेत्री जुही चावलाले आर्यनको ‘बेल बोन्ड’ मा हस्ताक्षर गरेकी थिइन् । चावला र शाहरुखबीच राम्रो सम्बन्ध रहेको छ । शाहरुखको सुरुवाति चलचित्रमा उनले सह–कलाकारका रुपमा अभिनय गरेकी थिइन् । अदालतले विभिन्न १४ सर्त पालना गर्ने गरी आर्यनलाई धरौटीमा रिहा गरेको हो । ती सर्त उल्लंघन भए जमानत रद्द हुने पनि अदालतले बताएको छ ।

आर्यनलाई बिहीबार नै मुम्बई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर प्रक्रिया पूरा नभएको भन्दै उनलाई रिहा गरिएको थिएन ।

प्रतिक्रिया