२०८३, २९ कार्तिक शनिबार
×

बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाँदै

1030 Shares

काठमाडौं – लामो समयदेखि  दक्षिण कोरिया जान नपाएका नेपाली कामदार अब जान पाउने भएका छन् । रोकिएको प्रक्रिया खुलेपछि बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जान लागेका हुन् ।

बुधबार पहिलो चरणमा ४८ श्रमिक कोरिया जान लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । कोरोना महामारीका कारण प्रक्रिया पूरा गरेर पनि नेपाली कामदार दक्षिण कोरिया जान पाएका थिएनन् ।

रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली कामदार कोरोना महामारी कम भएसँगै जान लागेको मन्त्रालयले जनाएको छ ।

लामो समयपछि दक्षिण कोरिया जाने श्रमिकलाई दिउँसो ३ बजे मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्ने कार्यक्रम छ । कोरिया जाने सबै प्रक्रिया पूरा गरेका १० हजार श्रमिक पर्खाइमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया