२०८३, २९ कार्तिक शनिबार
×

घान्द्रुकमा जिप दुर्घटना, काठमाडौंबाट घुम्न गएका ७ जनासहित ८ जनाको मृत्यु

11519 Shares

काठमाडौं । काठमाडौंबाट घान्द्रुक घुम्न गएका ७ जनासहित ९ जना सवार जिप दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित ८ जनाको मृत्यु भएको छ ।

 

कास्कीको नयाँपुलबाट घान्द्रुक जाँदै गरेको जिप घान्द्रुक गाउँ पुग्नु अघिको कलाभिरमा दुर्घटना भएको हो । ग १ ज ६९०० नम्बरको जिप सडकबाट झण्डै डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

 

काठमाडौंबाट घुम्न गएका ५ पुरुष, २ महिलासहित चालक खुसीमान क्षेत्रीको निधन भएको हो । जिपमा सवार एक महिला भने पछाडिको डिक्की खोलेर बाहिर निस्किन सकेकाले बाँचेको प्रहरीले जनाएको छ ।

 

मृतकको शव पोखरा ल्याउने तयारी भइरहेको छ । मृतक आठैजनाकाे सनाखत हुन सकेकाे छैन।

प्रतिक्रिया