गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को १० औं महाधिवेशन र नयाँ नेतृत्व चयनका लागि प्रथम पटक अनलाइन सिस्टमको प्रयोग गरिने मतदान गरिने बताइएको छ।
अनलाइनबाट निर्वाचन भएका सबै एनसिसिहरुमा भएको अनियमिता धाधली फर्जी र नक्कली मतदाताले गरेको मतदानको परिणामले नेपाल सरकारको परराष्ट मन्त्रालय र न्यायलय सम्म पीडितले न्यायको लागि गुहार समेटा गरेका छन। जसको फलस्वरूप परराष्ट मन्त्रालयले अनुगमन समितीनै गठन गरि छानबिनको कार्य सुरु गरेको छ।
यस्ता अप्रिय घटनाहरु किन कसरी र कस्को लागि घट्ने गर्दछन भनेर सबैको चासो र जिज्ञाको बिषय बनेको छ।थुप्रै एनसीसीहरुको अनगिन्ती उजुरी बिरोध र अनियमिताको घटनाले गर्दा आईसीसीको निर्वाचन नै अनिश्चित भयो भने जर्मनीमा पनि प्राबिधीको दुर्प्रयोग, नक्कली र फर्जी तथा अपारादर्शी पुर्वक निर्वाचन आयोगले घोषणा गरेको निर्वाचनको परिणामलाई परराष्ट मन्त्रालयले अन्कुस लगाई दिएको छ।
छानबिन समितीको सबै कार्यहरू पूरा नहुदा सम्म एनआरएनए का महाधिबेशन का सबै कामकाजहरु रोक्का भएका छन। एनआरएनए एउटा सामाजिक संस्था भएकाले सबैलाई विश्वसमा लिएर अगाडी बढ्न सक्नु पर्ने हुन्छ तर असक्षम नेतृत्वले तेसो गर्न कहिले सकेन। तेसैले समस्याहरुका चाङका चाङ लागेर लास्ट्मा विष्फोट भएको हो।
मैले यसै महिना १७ बुदे सुझाव र सल्लाह सहितको बिरोध पत्र आईसीसीमा पठाएको थिए, तर मेरो सुनाई र प्रतिउत्तर कहिले पनि नआए पछि निराश भएर मैले आईसीसी सदस्यको नाताले परराष्ट मन्त्रालयसित न्याय मागेको थिए। परराष्टले हामी सबै जर्मनी निवासी नेपालीहरुको आवाजलाई सुनेको छ, अब न्याय पाईन्छ कि भन्ने आशा पलाएर आएको छ।
मेरो सबै कुरालाई बिरोधको रुपमा लिने गरिन्छ तेसमा मेरो भन्नु केही छैन । मैले यतिमात्र भन्छु भरौटे,झोले र अर्कोका पपेटहरुले तेस्तो सोच्नु स्वाभाबिक हो। तर सम्बन्धित निकायले हाम्रो आवाज सुनेको छ। हामी जायज र न्यायसंगत कामको लागि सम्बन्धित ठाउमा लुकीचोरी पछाडीको ढोकाबाट पस्दैनौ आफ्नो नाम सहित पेस गर्न पछि नहट्ने जानकारी पनि दिन चाहान्छु।
कुनै कसैले नामचोर, कामचोर, कठपुतली,झोले, दलालहरुले आफ्नो नाम नै नराखेर इमेल पठाई समाजमा अराजकता फैलाउने हिसाबले सार्बजनिक गर्ने गर्दछन । यस्ता कायर, पछाडिबाट छुरी हान्ने दुष्टहरुले कहिले पनि दुस्साहस नगर्दा धेरै राम्रो र उपयुक्त होला।
एमआइएस सिस्टम तत्कालिन अध्यक्ष शेष घलेको पालामा सुरु गरिएको हो। जस्मा तत्कालिन उपाध्यक्ष सपिला राजभण्डारीको संयोजकत्वमा प्रयोग गरिएको थियो। तर पटक पटक एमआइएसको नाममा सदस्यता बनाएर जहिले पनि एनसिसिहरुको अधिबेशनमा समस्या श्रीजना गराउदै आएको छ।
हाल यसै एम आइ एस सिस्टमको नाममा कार्ड प्रिन्ट देखी आइ टी कर्मचारीमा थुप्रै रकम खर्च गराउदै आएको छ। आधुनिक जमानामा प्रविधिको विकास हुनु स्वाभाविक हो, तर त्यस को नाममा चरम दुरू पयोग गर्नु अपराध हो भन्ने कुरा भुल्नु हुन्न ।
त्यस्ता अपराधी लाई आवश्यक परे कानुनको ढोकामा उभ्या उन समेत हामी पछि पर्ने छैनौ । कसैले मेरो आई सि सि सदस्यता अवैधानिक भनेर कुमार पन्तलाई समेत अप्रत्यक्ष रुपमा अबैधानिक अध्यक्ष भने अब त्यो सम्बन्धित पक्षले जांच गरी दिए आभारी हुने थिए।
आम सदस्य र शुभचिन्तकहरूबाट बारम्बार आइरहेका जिज्ञासा र प्रश्नको चित्त बुझ्दो जवाफ दिन एमआइएस सिस्टमको प्राविधिक पक्ष र डेटामा काम गरिरहेको समूहमा एकजना निस्पक्ष आइटी विज्ञलाई तत्काल सहभागी गराइयोस् । एमआइएस सिस्टमको प्रयोग गरी अहिलेसम्म भए गरेका कामको सम्पूर्ण विवरण सार्वजनिक गर्न जरुरी छ।
एनसिसिमा मात्रै अनियमिता गरेको होइन आईसिसिमा पनि आगामी हुन लागिएको १०औं अधिवेशनका लागि एनसीसीहरुले सदस्यता बनाउने क्रममा तोकिएको समय सकिएर निर्वाचन समेत सम्पन्न गराई सकिएर अझै एमआइएस सिस्टममा ठूलो सङ्ख्यामा सदस्यहरू थपिदै आएको छ।
जुन हामीले संयुक्त रुपमा छनबिनको लागि आई सि सि मा उजुरी समेत गरी सकेका थियौ। निर्वाचनको मुख मा आएर जुन पक्ष ले गरेता पनि यस्तो काम स्वीकार्य हुन सक्दैन पछि थपिएका सदस्यहरुलाई महाधिवेशनमा रोक लगाउन तपाईं हामी सबै एक भएर लाग्नु समेत म सबै मा अग्रह गर्दछु।
प्रत्यक्ष मतदान गरेमा धेरै डेलिगेट्स नेपाल जाने र नेपालको पर्यटन बिकासमा केही सहयोग पुग्ने थियो । अन्लाईन भोटिङमा चरम दुरु पयोग हुने स्वयम एकै जनाले धेरैको मतदान गर्नसकिने विशेष गरी पछी थपिएकाहरुको Code-Pin लिएर अनलाइन मतदान भएमा Face-ID या Finger-Print मार्फत गराउद निस्पक्ष हुनु को साथै ठेकेदार हरुले चलखेल गर्न पाउने थिएन अन्यथा Delegates Fee निसुल्क भएकोले ठुलो संख्यामा मत ठेकेदारहरुले मनोमानी मोलतोल गर्ने छन।
नेपाल मा भए मतदाताहरु ले स्वयम आफैले आफ्नो उम्मेद्वार चुनेर मतदान गर्ने थियो। १०औं महाधिवेशनमा अनलाईन मतदान स्वतन्त्र र निस्पक्ष हुन नसकेकाले मेरो तर्फबाट हाललाई आफ्नो उम्मेद्बारी ईच्छा हुँदा हुँदै पनि आफुलाई रोकेर संस्थामा पद नलिएर बहिर बसेर यस् बर्ष सबैलाई सधा झै सहयोग गर्न पनि तयार रहेको यसै मार्फत जानकारी गराउदछु। अन्त्यमा १०औं महाधिवेशनको सफलताको शुभकामना ब्यक्त गर्दछु।
जर्मनीमा बसोबास गर्ने लेखक संघका आइसीसी सदस्य हुन्।