लण्डन। एनआरएनए युकेको मतदान दुइ दिन पर सार्दा पनि हार्ने निश्चित देखिए पछि अध्यक्ष प्रत्यासी रोजिना प्रधान राई पक्षले निर्वाचनको नतिजा नै सार्वजनिक गर्न नदिने रणनीति अख्तियार गरेको देखिएको छ।
संघका महासचिव हेम राज शर्मा र एकजना मनोनित केन्द्रिय सदस्यको निर्देशनमा बुधबार राती अध्यक्षका प्रत्याशी रोजिनालाई आकस्मिक पत्रकार सम्मेलन गर्न लगाई कम्ती मा १,००० मत फर्जी परेको दावी गराईयो ।
निर्वाचन समितिले अहिलेसम्म सोमबार र मंगलबार गरिएको निर्वाचनमा कति प्रतिशत मत खस्यो भनेर सार्वजनिक गरेको छैन।
तपाईंले यो सूचना कसरी पाउनु भयो भन्ने प्रश्नको जवाफमा उनले आफुले ब्रिटिश कम्पनी, च्वाइस भोटिंग, लाई मेल पठाएको र कम्पनीले नै आफुलाई जवाफ दिएको दावी गरिन् जुन सरासर झूठ हो ।
राईलाई जिताउनका लागि शुक्रबार, ३१ जुलाई, मा घोषणा गरिएको चुनाव संघका महासचिव हेम राज शर्माको दबाबमा दुइ दिन पर सारिएको थियो।
ब्रिटिश कम्पनीले चुनाव सकिना साथ रिजल्ट दिने बताएको थियो, तर महासचिव शर्माले नै संघलाइ ५,००० पौण्ड थप व्यय भार पर्ने गरी निर्वाचनको नतिजा २ दिन पछि सार्न लगाएका थिए।
अध्यक्षका प्रत्यासी प्रेम गाहा मगरले यसअघिनै एक विज्ञप्ति प्रकाशित गरी मतदानको नतिजा जति सक्दो चाडो प्रकाशित गर्न माग गरेका छन्। अर्का प्रत्यासी दीपक श्रेष्ठको पनि त्यस्तै माग रहेको बुझिएको छ।
यसै बीच बेलायतस्थित सामाजिक संस्था तथा अगुवाहरुले निर्वाचन समितिसंग अब थप ढिला नगरी चुनाव परिणाम सार्वजनिक गर्न माग गरेका छन्।
उनीहरुले कसैको दबाब र प्रभावमा नपरी ब्रिटिश कम्पनीले उपलब्ध गराएको रिजल्ट घोषणा गर्न पनि निर्वाचन समितिलाई सुझाव दिएका छन्। हाल आर्थिक अनियमितताको मुद्दा ब्रिटिश अदालतमा बिचाराधिन रहेको अबस्थामा निर्वाचन परिणाम सार्बजनिक भएन भने फेरीपनि कानुनी झमेलामा जाने हो कि भनेर कतिपय अभियन्ताहरु चिन्तित देखिएका छन्।