२०८३, १ मंसिर सोमबार
×

प्रधानमन्त्री पत्नी आरजुले बालुवाटारमा रोपिन् तुलसी

751 Shares

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाले तुलसी रोपेकी छिन्। आज परेको हरिशयनी एकादशीको अवसरमा उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तुलसी रोपेकी हुन्।

सामाजिक सञ्जालमा तस्बिर ‘पोस्ट’ गर्दै आरजुले लेखेकी छिन्, ‘जय तुलसी माता! आज हरिशयनी एकादशी पर्वमा प्रधानमन्त्री निवासमा तुलसी रोपेर माताको आशिर्वाद लिइयो। हरिशयनी एकादशीको मंगलमय शुभकामना।’

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको बिरुवा रोपी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु भएको छ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ।

प्रतिक्रिया