२०८१, ७ माघ सोमबार
×

ट्रेन्डिङ

फेसबुकमा घुम्न जाँदाका फोटो पोस्ट गर्दा…

2754 Shares

कतै घुम्न जाँदा धेरैले ‘फलानो ठाउँ जाँदै’ भनेर फेसबुकमा स्टाटस लेख्छन् । घुम्न जाँदाका फोटोहरु तत्कालै फेसबुकमा अपलोड गर्छन् । आफ्ना रमाइला पल अरुसँग साट्ने र सबैसँग सम्पर्कमा रहने प्रयोजनका लागि बनाइएका सामाजिक संजाल पछिल्लो समय निकै खतरनाक बन्दै गएका छन् । यसको उदाहरण भारतथको चण्डीगढमा देखिएको छ । यहाँ एक गिरोहले फेसबुकको स्टाटस हेरेरै चोरी गरेका ३ घटना एकैपटक सार्वजनिक भएका छन् ।

चोरीमा संलग्नहरु पक्राउ परेका छन् । उनीहरुले प्रहरीलाई दिएको बयान निकै आश्चर्यजनक छ । उनीहरुले बताए कि बन्द घरको बाहिर राखिएको नेमप्लेट हेरेर त्यही आधारमा फेसबुकमा नाम सर्च गर्थे । परिवार कहाँ छ भन्ने पत्तँ लगाउँथे । यदि उनीहरु शहरबाहिर भए त्यो घरमा चोरीको योजना बनाउँथे ।

चण्डीगढबाट ७ किलोमिटर पर मनीमाजराको सेक्टर ४६ मा बस्ने राकेश कुमार गर्मीको विदामा परिवारसमेत थाइल्याण्ड गएका थिए । चोर ताला तोडेर घरमा छिरे अनि नगद, मोवाइल, ल्यापटप, टिभी लगायतका मूल्यवान सामान लिएर गए । यस घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । तीनै जनाले स्नातकसम्म पढेका छन् । उनीहरुले सोधपुछका क्रममा बताए कि घरबाहिर नेमप्लेटमा राकेश लेखिएको थियो । फेसबुकमा सर्च गर्दा उनीहरु थाइल्याण्डमा भएको थाहा भयो त्यसपछि यो घरमा चोरी गरे ।

मनीमाजराकै बैंक कोलोनीमा बस्ने अमितका अनुसार उनी परिवारसमेत शिमला गएका थिए । शिमला पुगेको एक दिनपछि फोटो खिचेर फेसबुकमा अपलोड गरे । त्यसको भोलिपल्टै घरमा गहना र नगद चोरी भयो । चोरहरु समातिएपछि उनीहरुले भने कि परिवारको शिमलामा खिचेको फोटो देखेपछि उनीहरुले बुझे घरमा कोही थिएन त्यसैले निर्धक्क घरमा छिरे ।

मनीमाजरा शान्तिनगरका दिनेश पनि परिवारसमेत घुम्नका लागि वृन्दावन, मथुरा र आगरा गएका थिए । सबैले ताजमहल अगाडि फोटो खिचेर फेसबुकमा अपलोड गरे । तल स्टाटस पनि लेखे कि परिवारसँग ताजमहल घुम्दैछन् । दुई दिनपछि छिमेकीको फोन आयो कि घरमा चोरी भएको छ । अनुसन्धानमा थाहा भयो कि स्टाटसकै कारण चोरहरुले घरमा कोही नभएको थाहा पाएका थिए ।

प्रतिक्रिया