40892
Shares
लन्डन । चितवन एड ट्रष्ट (क्याट) यूकेको आइतबार लन्डनमा सम्पन्न अधिवेशनले रितेश पाण्डेको नेतृत्वमा नयां कार्यसमिति चयन गरेको छ ।
उनले अध्यक्षका अर्का उम्मेद्वार शालिक सापकोटालाई १८ मतले पराजित गर्दै आगामी दुई बर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा निबर्तमान महासचिव तोयानाथ (टिएन) रिजाल राजु आचार्य, र रघु दाहाल विजयी भएका छन् ।
नयां कार्यसमितिको महासचिव पदमा रमेश श्रेष्ठले १ सय १६ मतसहित विजय भएका छन् । कोषाध्यक्ष पदमा डा. सुरजमणि पौडेल १ सय २४ मत ल्याएर विजयी भएका छन् ।
निर्वाचन समितिका संयोजक राजेन्द्र खरेल र निवर्तमान अध्यक्ष जीवन सेनले नवनिर्वाचित कार्यसमितिलाई शपथ ग्रहण तथा खादा र प्रमाणपत्र सहित सम्मान गरेका थिए । प्रतिस्पर्धापछि हारजित स्वभाविक भएको भन्दै सापकोटाले विजयी हुने अध्यक्ष पाण्डेलाई बधाईसहित शुभकामना दिएका छन् ।