२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

थप २ हजार ४ सय बढीमा कोरोना पुष्टि, २ हजार ५ सय निको

1341 Shares
Spread the love

काठमाडौं । बिहिबार नेपालमा २ हजार ४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ७ हजार २३५ पीसीआर र ४ हजार ९९७ एन्टीजेन परिक्षणमा क्रमशः १ हजार ५७७ र ८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५९ हजार ३६५ पुगेको छ । जसमध्ये ५ लाख ७० हजार ९५८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ५१८ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ४९ हजार ५५५ रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा २४ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ८ हजार ९१८ जनाको मृत्यु भएको छ । यस्तै देशभर ३८८ जना क्वारेन्टिनमा रहेका छन ।

प्रतिक्रिया