२०८२, ११ बैशाख बिहीबार
×

ट्रेन्डिङ

छोरीलाई स्तनको सर्जरी गराउन दबाब दिन्थे अमेरिकी राष्ट्रपति, खुले अनेकौं विवादित रहस्य

2707 Shares

एजेन्सी। अमेरिकी राष्ट्रपति आफ्नी छोरी इवांकालाई स्तनको सर्जरी गराउनको लागि दबाब दिन्थे । उनले छोरीलाई ‘ब्रेस्ट इम्प्लान्ट’को लागि दबाब दिने गरेको रहस्यको खुलासा हालै प्रकाशित पुस्तक ‘बर्न ट्रम्पः इनसाइड अमेरिकाज फस्र्ट फेमिली’ मा गरिएको हो । पुस्तककी लेखिका एमिली जेन फक्सले लेखेकी छिन् ‘इवांकालाई किरोर अवस्थादेखि नै मोडल बन्ने सोख थियो । यसका लागि उनी प्रतिवर्ष ४४ हजार डलर फोटोसुटमा खर्च गर्थिन् । यो किताबमा राष्ट्रपति ट्रम्प र उनको परिवारको बारेमा निकै विवादित खुलासा गरिएका छन् ।

किताबमा लेखिएको छ कि छोरीको मोडलिङको चाहनालाई ट्रम्प प्रोत्साहन गर्थे । उनी चाहन्थे कि इवांकाले ब्रेस्ट इम्प्लान्ट गरुन् ताकि उनलाई मोडलिङमा थप सहयोग होस् । लेखिका फक्सले दावी गरेकी छिन् कि जब डोनाल्डले छोरीमाथि ब्रेस्ट इम्प्लान्टको दबाब दिएका थिए त्यतिबेला उनकी बहिनी मेरियानले डोनाल्डलाई फोन गरेर भनेकी थिइन् कि ब्रेस्ट इम्प्लान्टले छोरीलाई बर्बाद बनाउनेछ । इवांकाको किशोरअवस्थामा निकै घटनाहरु छन् जो आम मानिसको भन्दा अलग छन् । फक्सका अनुसार जब इवांका वार्टन कलेजमा थिइन् त्यतिबेला बिहान ९ बजे स्टाटिस्टिक्सको क्लासबाट बाहिर जान्थिन् र २ चुरोट पिउँथिन् ।

इवांका किशोरी हुँदाको एउटा घटना अमेरिकामा निकै चर्चित छ । जब इवांका कोएट स्कुलमा पढ्थिन् त्यतिबेला एउटा पार्टीमा गएकी थिइन् । पार्टीमा ड्रग्स लिएका कारण उनलाई स्कुलले केही दिनका लागि प्रतिबन्ध लगाएको थियो । बाँकी अन्य विद्यार्थी जो त्यो पार्टीमा सहभागी भएका थिए उनीहरुलाई भने स्कुलबाटै निकालिएको थियो । त्यतिबेला मानिसहरुले उनी ट्रम्पकी छोरी भएका कारण उनलाई ननिकालिएको मानेका थिए । किताबमा लेखिएको छ कि जब इवांका कोएट स्कुलमा पढ्थिन् त्यतिबेला डोनाल्ड ट्रम्पले स्कुललाई भनेका थिए कि स्कुलमा हेलिप्याड बनाउ ताकि इवांका हरेक हप्ताको विदामा न्यूयोर्क जान सकुन् ।

प्रतिक्रिया