२०८३, १ मंसिर सोमबार
×

एनआरएन यूकेको कार्यसमिति सदस्यमा उपेन्द्र पौडेलले उम्मेद्वारी दिने

40920 Shares

लण्डन । बेलायतको नेपाली समुदायका स्थापित युवा सामाजिक अभियन्ता उपेन्द्र पौडेलले एनआरएन यूकेको कार्यसमिति सदस्यमा उम्मेद्वारी दिने भएका छन् ।

नेपालको चितवन निवासी पौडेल २००९ साल देखि आफ्नो परिवार श्रीमती र दुइ छोरी सहित बेलायत कर्म थलो बनाइ विभिन्न संघ संस्था मार्फत सामाजिक सेवामा समर्पित रहँदै आएका छन् ।

बेलायत आएदेखि नै क्याट युके साथै विभिन्न संघ संस्था मार्फत आफुलाई समाज सेवामा समर्पित गर्दै आएका पौडेल अहिले क्याट युके को सचिव तथा साझा मिडल्याण्डको सदस्यमा सक्रिय रहँदै आएका छन्।

सानै उमेर देखि समाज सेवा प्रति लगाव राख्दै आएका पौडेल यस्को श्रय आफ्नो बुवा-आमा र घर परिवारलाई दिन्छन् । एनआरएन नै विदेशमा बस्ने नेपालीहरुको साझा संस्था र यसै संस्था मार्फत नै नेपाल सरकार संग सहकार्य गर्न सजिलो हुने हुनाले हामि सबै जना एनआरएनको सदस्य बन्नु पर्दछ भन्ने उपेन्द्र पौडेल को बलियो बुझाई रहेको छ।

आफु एनआरएन युकेको सदस्यमा निर्बाचित भए पछी मुख्यत: बेलायतमा रहेका नेपालीहरु बीच एनआरएन किन आबस्यक छ भन्ने बारे बृहत छलफल चलाउने पौडेलको धोको रहेकाे छ ।,

त्यस्तै गरि युवाहरुलाई एनआरएन मा आबद्ध गराउदै नेपाल संग जोड्न भूमिका खेल्ने उनको उद्देश्य रहेको छ । उर्जाशील युबा समाजसेवी उपेन्द्र पौडेलले सबै बेलायत बासि नेपालीहरूलाई समयमा ( जुन १० भित्र ) सदस्य बनि सही उम्मेदवार रोज्न अपिल समेत गरेका छन् ।

प्रतिक्रिया