२०८३, ६ आश्विन मंगलवार
×

ट्रेन्डिङ

थप ६ हजार जनामा कोरोना पुष्टि

1277 Shares
Spread the love

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर मंगलबार २० हजार १६५ परीक्षण गर्दा ६ हजार संक्रमित थपिएका हुन् । योसँगै देशभर कोरोना संक्रमित हुनेको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ। ।

पछिल्लो २४ घण्टामा ६ हजार ८९८ जना निको भएका छन् । योसँगै हालसम्म ४ लाख ५४ हजार ३४४ जना निको भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या एक लाख ४ हजार ७८९ रहेको छ ।

पछिल्लो २४ घण्टामा ६८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाका कारण देशभर ७ हजार ४५४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया