२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

नेपाललाई कोभ्याक्स कार्यक्रम अनुसारमात्र खोप दिने बेलयातको स्पष्टीकरण

1024 Shares
Spread the love

लण्डन ।  बेलायतले नेपाललाई कोरोनाविरुद्धको खोप अलग्गै दिने नभई कोभ्याक्स अन्तरगत दिने स्पष्ट पारेको छ। शनिबार केही नेपाली सञ्चार माध्यमहरुमा बेलायतले नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्ने समाचारहरु आएको भन्दै काठमाडौंस्थित बेलायती राजदूत निकोला पोलिटले कोभ्याक्स अन्तरगत बेलायतले नेपाललाई खोप सहयोग गर्ने बताएकी छन्।

उनले समाचारहरुमा आएको विषयले भ्रम पैदा भएको भन्दै कोभ्याक्स कार्यक्रम अन्तगर बेलायतले सहयोग गर्ने बताएकी हुन्। उनले नेपालमा कोभ्याक्स अन्तरगत खोप उपलब्ध गराउन काम गरिरहेकोसमेत बताएकी छन्।

उनले कोभ्याक्समा बेलायत ५४८ मिलियन पाउण्ड दान गरेकोसमेत जानकारी दिएकी छन्। विश्व स्वास्थ्य संगठनको अगुवाईमा विभिन्न धनी मुलुक तथा संघसंस्थाहरुको दानबाट उठेको रकमबाट विश्वभरका अल्वविकरित मुलुकहरुलाई समानुपातिक रुपमा खोप उपलब्ध गराउन कोभ्याक्स कार्यक्रम सञ्चालन गरिएको छ। नेपालमा कोभ्याक्स अन्तगत पहिलो चरणको सहयोग आइसकेको छ ।

प्रतिक्रिया