२०८३, १ मंसिर सोमबार
×

स्पेनबाट स्वास्थ्य सामग्री नेपाल आउँदै

1115 Shares

बार्सिलोना (जीएनएन) — कोरोना भाइरसको भयावह अवस्थालाई नियन्त्रण गर्दै सामान्य अवस्थामा फर्कंदै गरेको स्पेनले नेपाललाई सहयोग गर्ने भएको छ।

नेपालमा कोरोना संक्रमण दर उच्च भएसँगै स्वास्थ्य सामग्रीहरुको अभाव देखिईरहेको बेला स्पेन सरकारले सहयोग गर्न लागेको हो।
स्पेनको परराष्ट्र मन्त्रालयमा अनुरोध सहित पत्राचार गरेपछि सहयोग पठाउने निश्चित भएको स्पेनस्थित नेपाली राजदूत दावाफुटी शेर्पाले बताइन् ।

जीएनएनसंग कुरा गर्दै उनले भनिन्, ”बुधबार स्वास्थ्य सामग्रीसहितको विमान उड्ने जानकारी दूतावासलाई प्राप्त भएको छ । नेपाललाई अत्यावश्यक पर्ने मेडिकल सामग्री सहितको सूची हामीले उपलब्ध गराएका छौं ।

कुन परिणाममा के कति सामानहरु पठाइंदैछ त्यो बारेको जानकारी छिट्टै दूतावासले उपलब्ध गराउने छ ।”
स्पेन सरकारले नै विमान चार्टर्ड गरेर सामानहरु नेपाल पुर्याउने दूतावासले जनाएको छ।

दूतावासले स्पेनको स्वास्थ्य मन्त्रालय र निजी क्षेत्र चेम्बर अफ कमर्सलाई पनि सहयोगका लागि अनुरोध सहित पत्राचार गरेको थियो। स्पेनले गतसाता भारतलाई पहिलो चरण अन्तर्गत १ सय ६७ भेन्टिलेटर, १ सय २१ अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्रीहरु पठाएर सहयोग पुर्याएको थियो।

प्रतिक्रिया