1867
Shares
काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण बिरामी परेका नेपाली जनसम्पर्क समिति यूकेका सभापति युवराज गुरुङको सपरिवार कोरोना मुक्त भएका छन् ।
केही समययता नेपालमा रहेका गुरुङ र उनको परिवार बैशाख १३ गते सो भाइरसबाट संक्रमित भएका थिए ।
सभापति गुरुङ र उनका छोराको घरमै उपचार गरिएको थियो भने उनका श्रीमतीको अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो ।
सभापति गुरुङका अनुसार अस्पतालमा गरिएको परीक्षणमा सभापति गुरुङ लगायत सपरिवारको कोरोना रिपोर्ट नेगेटिभ आएको छ र उनी केही दिन नेपालमा विश्राम गरेर चाडै बेलायत जाने जानकारी दिए ।