२०८३, १ मंसिर सोमबार
×

बलात्कार अभियोग लागेका पूर्व डिएसपी खिउजुले पाए सफाई

878 Shares

काठमाडौँ । बलात्कारको अभियोग लागेका नेपाल प्रहरीका पूर्व डिएसपीले अदालतबाट सफाई पाएका छन् । जिल्ला अदालत ललितपुरले जबरजस्ती करणी अभियोग लागेका पूर्व डिएसपी राज कुमार खिउजुलाई सफाई दिएको हो । जिल्ला न्यायाधीश देवबहादुर गिरीको इजलाशले गत ९ बैशाखमा उनलाई सफाई दिएको हो । गत वर्ष १४ जेठमा उनीविरुद्ध मुद्दा दायर भएको थियो ।

खिउजु महानगरीय प्रहरी वृत्त चापागाउँको इन्चार्ज हुँदा एक सेवाग्राही युवतीलाई बलात्कार गरेको भन्दै जाहेरी परेको थियो । आफूविरुद्ध उजुरी परेलगत्तै राजीनामा दिएर उनी फरार भएका थिए ।

गत वर्ष फागुनमा उनलाई ललितपुर परिसरले पक्राउ गरेको थियो । सुरुमा अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।प्रहरी रिपोर्ट बनाउन वृत्त पुगेकी किशोरीलाई सहयोग गरिदिने बहानामा उनले पटक पटक बलात्कार गरेको उजुरी दियो । सम्बन्ध राखेको भिडियो खिची ब्लाकमेलिङ गरेको समेत पीडितको भनाई छ ।

प्रतिक्रिया