२०८३, १ मंसिर सोमबार
×

नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङलाई कोरोना संक्रमण

1680 Shares

काठमाण्डौं । नेपाली जनसम्पर्क समिति यूकेका सभापति युवराज गुरुङलाई कोरोना भाइरसको संक्रमणमा भएको छ ।

केही समययता नेपालमा रहेका गुरुङ गत हप्ता आफ्नो गृह जिल्ला संखुवासभाबाट राजधानी फर्किने क्रममा सो भाइरसबाट संक्रमित भएको हुन सक्ने अनुमान गरिएको छ ।

गत सोमबार राजधानीको एक अस्पतालमा गरिएको परीक्षणमा सभापति गुरुङ लगायत श्रीमती गुरुङलाई पनि संक्रमण भएको देखिएको हो ।

यसैबीच एनपीसीसी यूकेका कार्यवाहक सभापति महेश दहालले एक वक्तव्य जारी गर्दै गुरुङ दम्पत्तिको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रतिक्रिया