२०८०, १९ मंसिर मंगलवार
×

ट्रेन्डिङ

प्रियंका चोपडाकी आमालाई भेट्न भारत आउँदै निक जोनस

2099 Shares

एजेन्सी । पछिल्लो समय बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निकको अफेयरका बारेमा निकै चर्चा चलेको छ।

अब दुबै कलाकारका परिवारपनि एक अर्कासँग नजिक बन्न थालेका छन्। केही समयअघि निक जोनसका भाइले प्रियंकाको ताफिर गरेका थिए भने निकका बाबुले उनको प्रियंकालाई इंस्टाग्राममा फलो गर्न सुरु गरेका थिए।

ताजा खबरका अनुसार अब निक प्रियंकासँग भारत आउन लागेका छन्। भारत आएर उनले प्रियंकाकी आमासँग भेट गर्ने बताइएको छ।

प्रियंकाले निकलाई आफ्नी आमा मधु चोपडासँग भेट गराउन चाहेकाले निक भारत आउने भएका हुन्।

२५ वर्षीय निक जोनस अमेरिक गायक तथा गीतकार हुन्। उनी प्रियंकाभन्दा १० वर्ष कान्छा छन्। प्रियंका र निकको अफेयरका बारेमा प्रियंकाकी आमा बेखुसी थिइन्। उनले सामाजिक सञ्जालमा प्रियंका र निकको सम्बन्ध हुन नदिने समेत प्रतिक्रिया दिएकी थिइन्।

प्रतिक्रिया