२०८०, ९ आश्विन मंगलवार
×

ट्रेन्डिङ

प्रधानमन्त्री केपी शर्मा ओलीले राखे नेपालकै इतिहासमा नयाँ रेकर्ड

48252 Shares

काठमाडौं । राज्यबाट सेवा सुविधा लिएका हरेक कर्मचारी र जिम्मेवारी पदमा पदासीन व्यक्ति कार्यालयमा अनिवार्य उपस्थित रहनु पर्ने हुन्छ । तर, वर्ष २०७७ मा एक दिनमात्रै कार्यालयमा उपस्थित भएर प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समय कार्यालय नगएको रेकर्ड बनाएका छन् ।

३६५ दिनको एक वर्ष हुन्छ । तर, प्रधानमन्त्री ओली भने ३६४ दिन कार्यालयमा अनुपस्थित भए । सम्भवतः यो नेपालकै इतिहासमा नयाँ रेकर्ड हो ।

एक दिन कार्यालयमा उपस्थित भएका प्रधानमन्त्री ओली नियमित कामका लागि नभएर जीर्णाेद्वारपछिको पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको भवन उद्घाटन गर्न गत फागुन १ गते कार्यालयमा पुगेका थिए । यसअघि गत अघिल्लो वर्ष चैत २ गते प्रधानमन्त्री ओली कार्यालयमा पुगेका थिए ।

सार्क राष्ट्रका सदस्यबीच कोरोना रोकथामबारे भएको भिडिओ कन्फ्रेन्समा सहभागी हुन २०७६ चैत २ गते कार्यालयमा गएका प्रधानमन्त्री ओली त्यसपछि २०७७ फागुन ३ गते  जीर्णाेद्वारपछिको पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको भवन उद्घाटन गर्न जाँदा कार्यालयमा छिरेका थिए ।

त्यसपछि यता वर्ष २०७७ चैत २१ गते साँझ यो समाचार तयार पार्दासम्म प्रधानमन्त्री ओली कार्यालयमा पुगेका छैनन् । तर, नयाँ वर्षको शुभकामना दिन वर्ष २०७८ वैशाख १ गते बिहान ८ बजे बिहान सिंहदरबारस्थित आफ्नो कार्यालयमा जाने भएका छन् ।

प्रतिक्रिया