२०८३, १ मंसिर सोमबार
×

विपुल पोखरेल नेतृत्वको टोलीलाई विजयी गराउन नेपाल प्रेस युनियनको आह्वान

1593 Shares

काठमाडौं । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा संगठनका आधिकारिक उम्मेदवार विपुल पोखरेलको नेतृत्वमा रहेको प्यानललाई विजयी गराउनका लागि सक्रिय रहन आह्वान गरेको छ ।

अध्यक्ष बद्री सिग्देलले प्रेस विज्ञप्ति जारी गरेर युनियनकर्मीहरुलाई आधिकारिक उम्मेदवार पोखरेलको नेतृत्वमा रहेको प्यानललाई विजयी गराउन हरतरहले सक्रिय रहन आह्वान गरेका हुन् ।

विज्ञप्तिमा चैत २५ गते हुन गइरहेको निर्वाचनमा केन्द्रीय अध्यक्षका प्रत्यासी रामप्रसाद दाहालले प्रेस युनियनको आग्रहमा उम्मेदवारी फिर्ता लिएको पनि उल्लेख छ ।

“नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा केन्द्रीय अध्यक्षका प्रत्यासी रामप्रसाद दाहालले नेपाल प्रेस युनियनको आग्रहमा उम्मेदवारी फिर्ता लिनु भएको छ,” विज्ञप्तिमा भनिएको छ, “हाम्रो आग्रह स्वीकार गर्नु भएकामा दाहाललाई धन्यवाद दिन चाहन्छु । युनियनकर्मीहरुलाई आधिकारिक उम्मेदवार विपुल पोखरेलको नेतृत्वमा रहेको प्यानललाई विजयी गराउन हरतरहले सक्रिय रहन आह्वान गर्दछु ।”

दाहालले महासंघको सचिव पदमा रहँदा र त्यसअघि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको अधिकार, स्वरोजगारमूलक मिडिया, न्यु मिडियाको पक्षमा भएका आन्दोलनहरुमा खेलेको सक्रिय भूमिकालाई संस्थागत स्मरणमा राखेर भविष्यमा संगठनले उच्च मूल्यांकन गर्ने पनि विज्ञपितमा उल्लेख छ ।

नेपाल प्रेस युनियनका आधिकारिक उम्मेदवारको सूची : 

प्रतिक्रिया