२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

कोरोनानको जोखिम बढेको स्वास्थय मन्त्रालयको निष्कर्ष, सीसीएमसीलाई ८ बुँदे सुझाव

1136 Shares
Spread the love

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनको जोखिम बढेको निष्कर्ष निकालेको छ।

कोरोनानको जोखिम बढेको स्वास्थय मन्त्रालयको निष्कर्ष, सीसीएमसीलाई ८ बुँदे सुझावजोखिम बढेको निष्कर्ष निकालेसँगै मन्त्रालयले कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई ८ बुँदे सुझाव दिएको छ।

सीसीएमसीलाई ८ बुँदे सुझाव दिइएको मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ। मन्त्रालयले सीमा क्षेत्रमा कडाइ गर्न, विमानस्थलमा कडाइ गर्न, पूर्व तयारी योजना बनाउनलगायतका सुझाव दिएको छ।

यस्तै मन्त्रालयले मन्त्रालयले विशेषगरी तराईका जिल्लाका नेपाल र भारतबीच सीमा नाकाबाट नेपाल प्रवेश गर्ने क्षेत्रमा निगरानी बढाउने र केन्द्रबाट अनुगमन गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा निगरानी बढाइ स्वास्थ्य परीक्षणमा थप सक्रियता बढाउने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वतयारी योजना बनाउन र हाल सञ्चालनमा रहेका सीमानाकालाई कोभिड–१९ को संक्रमणको अवस्था हेरी पुनरावलोकन गर्ने र संक्रमण दर उच्च हुन पुगेमा नाका घटाउनेतर्फ गृह मन्त्रालयले आवश्यक गृहकार्य गर्नुपर्ने लगायत सुझाव दिएको विज्ञप्तिमार्फत जनाएको छ।

 

प्रतिक्रिया