२०८३, १ मंसिर सोमबार
×

कांग्रेस नेता नविन्द्रराज जोशीको निधन

26751 Shares

काठमाडाैं – नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको निधन भएकाे छ ।

मष्तिष्कघातपछि अस्पताल भर्ना भएका नेता जोशीको शुक्रबार साँझ ८:३० बजे निधन भएको निधन भएको हाे । मष्तिष्कघातको शल्यक्रियापछि नर्भिक अस्पतालमा जाेशीकाे सघन उपचार भइरहेको थियो ।

शल्यक्रियापछि पनि अस्पतालमा राखिएका नेता जोशीको अवस्था बिग्रिँदै गएको चिकित्सकहरुले बताएका थिए । जाेशीकाे टाउकोमा जमेको पानी र रगत फाल्न फागुन १४ गते शल्यक्रिया गरिएको थियो । जोशीको जन्म २०२० साल पुस २४ गते भएको थियो । काठमाडौं क्षेत्र नं. ८ बाट निर्वाचित नेपाली कांग्रेसका संविधानसभा सदस्य नवीन्द्रराज जोशी काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर थिए ।

२०३६ सालबाट विद्यार्थी राजनीतिमार्फत राजनीतिमा होमिएका जोशीले नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला अध्यक्ष र केन्द्रीय महामन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

प्रजातान्त्रिक आन्दोलनका क्रममा जोशी पटकपटक पक्राउ परि हिरासतमासमेत परेका थिए ।जाेशी गणेशमान सिंह अध्ययन प्रतिष्‍ठानका संस्थापक तथा अध्यक्ष थिए । जोशीका एक छोरी र श्रीमति छन् ।

प्रतिक्रिया