2699
Shares
सलमान खानको फिल्म रेस–३ को बिहाइण्ड द सिन भिडियो आइतबार सार्वजनिक भएको छ । यो भिडियो निकै मन पराइएको छ र धेरैले हेरेका छन् । भिडियोको एउटा खास दृश्यमा ज्याकलिन फर्नान्डिज सलमान खानलाई लात हान्दै गरेकी देखिएकी छिन् । यसमा सलमानको प्रतिक्रिया पनि हेर्न लायक छ ।
भिडियोमा हिरोइनको एक्सनसमेत हेर्न पाइन्छ । पहिले दुई हिरोइन ज्याकलिन फर्नाण्डिज र डेजी शाह एक्सन दृश्यको अभ्यास गर्छन् त्यसपछि सिनको सुटिङ हुन्छ । यसमा यी दुई निकै आक्रामक देखिन्छन् । सलमानको प्रोडक्सन कम्पनी एसकेएफले यो भिडियो जारी गरेको हो । हेर्नुहोस् भिडियो ।