२०८३, १ जेष्ठ शुक्रबार
×

ट्रेन्डिङ

बेलायतको राष्ट्रिय जनगणना र नेपालीको सहभागिता

26366 Shares
Spread the love

लण्डन । नेपाल  जस्तै बेलायतमा पनि हरेक १० वर्षमा जनगणना हुने गर्दछ

बेलायतका चार वटा राज्यहरूमध्ये इङ्गल्यान्ड वेल्समा एउटा संस्थालेजनगणना हुने गर्दछ भने स्कटल्याण्ड नर्देन आयरल्याण्डमा अलग अलग संस्थाले जनगणना गर्ने गर्दछन्

इङ्गल्यान्ड वेल्सको जनगणना अफिसफर न्याशनल स्टाटिटिक्स (ओएनएस) ले गर्दछ भने स्कटल्याण्डकोन्याशनल रेकर्ड अफिस अफ स्कटल्याण्डले गर्दछ नर्देन आयरल्याण्डकोजनगणना चाहिँ नर्देन आयरल्याण्ड स्टाटिटिक्स एण्ड रिसर्च एजेन्सीले गर्नेगर्दछ प्रायजसो यी सबै संस्थाले एकै दिन जनगणना गर्ने भएता पनि योवर्ष इङ्गल्यान्ड, वेल्स र नर्देन आयरल्याण्डमा मार्च २१ तारिखआइतबारका दिन जनगणना हुँदैछ भने स्कटल्याण्डमा भने अर्को वर्ष २०२२मा मात्र जनगणना हुनेछ

बेलायतमा सन् १८०१ देखि जनगणना लिन शुरुगरिएको हो जनगणनामा हरेक घरमा बसोबास गर्ने मानिसहरूको तथ्यांक सङ्कलनगरिन्छ यो तथ्यांक सरकार, स्थानीय निकायहरू, च्यारिटी संस्थाहरू, अनुसन्धानकर्ताहरूले प्रयोग गर्ने अति नै विश्वसनीय सूचना हो यसैतथ्यांकका आधारमा नीति बनाउने, बजेट छुट्याउने गरिन्छ

यसैसूचनाबाट समुदायका लागि शिक्षा, स्वास्थ्य, रोजगार, यातायात, अत्यावश्यक सेवा आदिका बारेमा योजना बनाउने गरिन्छ व्यापार, उद्योग, कलकारखानासमेत खोल्ने योजना बनाउन यो तथ्यांक सहायक हुनेभएकाले यसबाट स्थानीय समुदायमा रोजगारीको अवसर पनि उपलब्धहुन सक्छ
इङ्गल्यान्ड वेल्समा पछिल्लोपटक सन् २०११ मा भएको जनगणनामा९४ प्रतिशत मानिसले सहभागिता जनाएका थिए

बेलायतको सन् १९२०को कानुनअनुसार बेलायतमा बसोबास गर्ने हरेक व्यक्तिले जनगणनामासहभागी हुनै पर्छ जनगणनामा भाग नलिएमा वा गलत सूचना दिएमा हजार पाउण्डसम्म जरिवाना हुनसक्छ तर जनगणनाको फाराममा रहेकाजवाफ दिए पनि हुने नदिए पनि हुने इच्छाधिन प्रश्नको जवाफ नदिएकोअवस्थामा भने यस्तो जरिवाना हुँदैन
जनगणनाका लागि ओएनएसले मार्च महिनाको सुरुतिर हरेक घरघरमाएउटा विशेष कोड समावेश भएको पत्र पठाउने कार्यक्रम सो संकेतकोप्रयोग गरी इन्टरनेटबाट आफ्नो परिवारको विवरण भरेर पठाउन सकिन्छ यो ल्यापटप, मोवाइल, आइप्याड वा कम्प्युटरबाट पनि भर्न सकिन्छ कम्प्युटरको सुविधा नभएका वा चलाउन नजान्नेहरूका लागि कागजकोफाराम पनि मगाउन सकिन्छ एउटा फाराममा परिवारका पाँचजनासम्मको विवरण भर्न सकिन्छ त्यसमा परिवारका सबै सदस्यकोविवरण नअटाएमा थप फाराम मगाउन सकिन्छ

हेर्नको लागि नेपाली भाषामा पनि फाराम र निर्देशिका मगाउन/ डाउनलोड गर्न सकिन्छ तरजनगणना फाराम अंग्रेजीमा हुन्छ अंग्रेजीमै भर्नुपर्ने हुन्छ यदि कसैलाईअंग्रेजी भाषामा समस्या पर्यो भने उनीहरूले मद्दत पनि माग्न सक्छन् उनीहरूलाई मद्दत गर्नका लागि विभिन्न उपायहरू हुन्छन् व्यक्तिहरूखटाइएका हुन्छन् यस्तै, दृष्टिविहीनहरूका लागि ब्रेल लिपिमा पनिजनगणनाको फाराम पाइन्छ

जनगणनाको फाराम मेसिनले पढ्नेभएकाले फाराम भर्दा सफा प्रष्ट हुनुपर्दछ यदि भर्दाभर्दै फाराम केरमेटभयो वा च्यातियो भने अर्को फाराम मगाउन सकिन्छ जनगणनाकोफाराम आफैँले भर्न नसके आफ्नो विश्वासिलो अरुलाई पनि भर्न लगाउनसकिन्छ जनगना भर्नका लागि कोड आएपछि वा कागजकै फाराम पाएपछि तुरुन्त भर्न मिल्छ मार्च २१ सम्म नै कुरिरहन पर्दैन । तर मार्च २१ भित्र कुनै कारणवश फाराम भर्न सकिएन भने पनि धन्धा नमान्नुहोस् कोरोना महामारीका कारण त्यसको केही सातासम्म पनि ओएनएसले तथ्याङ्क संकलन जारी राख्ने भएको छ ।  
भरेको जनगणनाको फाराम सरकारले हेर्न पाउँदैन त्यसैले बेलायतमागैरकानुनी रूपमा बसिरहेको भए पनि, कुनै भत्ता वा सुविधा पाइरहेको पनि, घरमा जति जना बसिरहेको भए पनि, कर तिर्न बाँकी रहेको भएपनिजनगणनामा सामेल हुँदैमा त्यसमा कुनै असर पर्दैन किनभने १०० वर्षकालागि जनगणनामा दिइएका सूचनाहरू कतै नदिइने कानुनमै ग्यारेण्टीगरिएको हुन्छ

जनगणना सम्पन्न भएपछि प्रकाशन गरिने तथ्यांकमा कतैपनि कसैको व्यक्तिगत विवरण प्रकाशन गर्न पाइँदैन जनगणनामा लगतलिने राष्ट्रिय तथ्यांक कार्यालय स्वतन्त्र निकाय भएकाले सरकारलेउसलाई दबाब दिएर व्यक्तिगत तथ्यांक लैजान पाउँदैन
जनगणना बेलायतमा बस्ने सबैले भर्नैपर्छ बेलायतको नागरिकले मात्रजनगणना भर्नुपर्छ भन्ने कुरा सत्य होइन विद्यार्थी, वर्क परमिटमा रहेका, गैरकानुनी रूपमा बसिरहेका, शरणार्थीका हैसियतमा रहेका सबैलेजनगणना भर्नुपर्छ जनगणना हुनु अघिल्लो रात बेलायतमाबिताएकाव्यक्तिले समेत जनगणना फाराम भर्नुपर्छ

यसपटकको जनगणनामा पहिलोपटक सैन्य सेवा गरेको, नगरेको पनिसोधिँदैछ यसबाट कति मानिस सेनामा काम गरेका रहेछन् भन्ने पत्तालाग्नेछ यसबाट बेलायती सेनामा सेवा गरेका भूतपूर्व गोर्खाको संख्या पनि थाहा हुन सक्ने

जनगणना नेपाली समुदाय

बेलायतमा नेपाली समुदाय नयाँ समुदाय हो बेलायत नेपालकोसम्बन्ध दुई शताब्दीभन्दा लामो यस क्रममा बेलायतनेपाल सम्बन्धसेतुका रूपमा रहेका गोरखा सैनिकहरू तालिम कामको सिलसिलामाधेरै पहिलेदेखि नै बेलायत आउने जाने गर्दथे

जंगबहादुर राणाको सन्१८५० को बेलायत भ्रमणका बेला बेलायतमै भेटिएका मोतिलाल सिंह नैबेलायत आउने पहिलो नेपाली थिए भन्ने मानिएको तथापि स्थायीबसोबासका लागि नेपालीहरू बेलायत आउने क्रम भने सन् १९५०ताकाबाट शुरु भएको मानिन्छ शुरुमा नेपालीहरू अध्ययनका लागि त्यसपछि क्याटरिङ क्षेत्रमा काम गर्नका लागि आएका थिए

तर उनीहरूसन् २००१ भन्दा अघि कति थिए भन्ने खुल्न सकेको छैन सन् २००१ को जनगणनामा नेपालीहरूको संख्या करिब हजार ९४३रहेको जनगणनाको तथ्यांकले देखाएको थियो तर सन् २००४ तथा सन्२००९ को पूर्व गोरखाहरूलाई बेलायतमा बसोबास गर्न दिने बेलायतसरकारको निर्णयपछि सन् २००९ ताका बेलायतमा अध्ययन गर्नविद्यार्थीहरूलाई सजिलै भिसा दिइएपछि बेलायतमा नेपालीहरूको संख्याह्वात्तै बढ्न गयो

सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युके गैरआवासीय नेपाली संघ युके लगायतको संघ संस्थाहरूको पहलमा सन्२०११ को जनगणनामा बेलायतमा नेपालीहरूलाई जनगणनामा सहभागीहुन प्रोत्साहित गरिएको थियो त्यसको कारण पनि हुन सक्छ नेपालीकोसंख्या विगतको जनगणनाको तुलनामा करिब ११ गुणा बढ्न गई सन्२०११ मा इङ्गल्यान्ड वेल्समा हजार २०२ स्कटल्यान्डमा १२९८पुगेको तथ्यांकले देखाएको छ

यद्यपि यो संख्या पनि बेलायतमा रहेकानेपालीहरूको वास्तविक संख्याभन्दा कम रहेको मानिन्छ किनकिसिएनएस युकेले सन् २००८ मा गरेको सर्भेक्षणमा त्यस समयमा करिब ७२हजार नेपाली बेलायतमा रहेको प्रक्षेपण गरिएको थियो त्यसपछि सन्२००९ पछि नेपालीहरू निकै ठूलो संख्यामा बेलायत आएका थिएविद्यार्थी पूर्व गोरखा दुवै बाटोबाट बेलायतमा रहेका नेपाली समुदायकाअगुवाहरूबाट बेलायतमा नेपालीहरूको संख्या कम्तीमा लाखभन्दा बढीरहेको दाबीहरू सुनिन्छन्

उनीहरूको आँकलनमा करिब लाखदेखि लाख ५० हजारसम्म बेलायतमा नेपालीहरू हुन सक्छन् तर यस्तो दाबीगर्ने आधार भने जबसम्म जनणनाले पुष्टि गर्दैन तबसम्म गतिलो रहँदैन त्यसैले अहिले बेलायतका विभिन्न स्थानमा बसोबास गर्ने नेपालीहरूसंगठित रूपमा पनि रहेका छन् जाति, सँस्कृति, पेशा, व्यवसाय, स्थानीयता आदिका आधारमा अहिले बेलायतमा प्राय नेपालीहरूसमुदायमा आवद्ध छन्

त्यसैले हामीले हाम्रो समुदायको राम्रोसँगपरिचालन गरी बेलायतमा रहेका नेपालीहरूको सकेसम्म वास्तविकतथ्यांक ल्याउने कोसिस गर्नुपर्दछ १० वर्षमा एकपटक मात्र आउने यस्तादुर्लभ अवसरहरूको भरपूर उपयोग गर्न सक्नुपर्दछ

जनगणनामा नेपाली समुदायको यथार्थ विवरण आउन सकेमा यसबाटनेपाली समुदायलाई बेलायतका स्थानिय काउन्सिलहरू, स्वास्थ्य सेवा, शैक्षिक क्षेत्र लगायतबाट पर्याप्त सेवाहरू उपलब्ध हुन सक्नेछन् सरकारले जारी गर्ने स्वास्थ्य लगायतका महत्वपूर्ण सूचनाहरू नेपालीभाषामा प्रकाशन हुनेछन्

विभिन्न निकायमा लिइने अभिलेखहरूमाआफ्नो पहिचानमा नेपाली लेख्ने महल खडा हुन सक्नेछ यसबाट हालयुकेमा रहिरहेका नेपालीलाई मात्र होइन भविष्यका नेपाली पुस्तालाई पनिफाइदा पुग्ने यसरी जनगणनामा भाग लिँदा फाइदा मात्र कुनैव्यक्तिगत वा सामुदायिक बेफाइदा छैन

बरु माथि नै भनिए अनुसार जनगणनामा भाग नलिएको पाइएमा एक हजार पाउण्डसम्म जरिवाना हुनसक्छ
त्यसैले जनगणना बेलायतमा नेपाली समुदायको पहिचान स्थापित गर्नेएक अमूल्य अवसर हो

वेल्स तथा इङ्ल्यान्, र नर्दन आयरल्यान्माबसोबास गर्ने सबै नेपालीहरूले यही मार्च २१ तारिखका दिन सम्पन्न हुनगइरहेको जनगणनामा आफू पनि सहभागी होऔँ साथै आफ्नाछरछिमेकी, आफन्त, गाउँलेहरूलाई पनि सहभागी गराऔँ  

(यो सामग्री जनगणनामा बेलायतका नेपाली समुदायमाझ जनचेतना जगाउन सिएनएस युके र नेपाल पत्रकार महासंघ युकेको संयुक्त रुपमा तयार पारिएको हो ।)

प्रतिक्रिया