लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं साहसले मोरङ शनिस्चरेको बुद्द माध्यमिक विद्यालयमा पानी प्रशोधन फिल्टर हस्तान्तरण गरेको छ ।क्लबले विद्यालयलाइ आवश्यक करिब ५ लाख बराबरको पानी प्रशोधन फिल्टर हस्तान्तरण गरेको हो।

उक्त कार्यक्रममा जी ए टि लिडर लायन खगेन्द्र सिटौला, डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ फर्स्ट डिस्ट्रिक गभर्नर लायन रेवत बहादुर कार्की , सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ, पिडिजि लायन लिला कुमार ढुंगेल, लायन विमल श्रेष्ठ, लायन श्याम कुमार यादव, लायन उत्तर चापागाई, लायन सुरेन्द्र प्रकाश बलय, लायन धीरज गुरुङ, लायन धर्म श्रेष्ठ, लायन शान्ता थापा, लायन तुलसी राम कंडेल, लायन गोविन्द चौंलागाई लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

फिल्टर जडान गरेपछि बिद्यार्थीहरुले प्रसोधन गरीएको पानी पिउन पाउने भएका छन । प्रसोधन विनै पानी खान बाध्य बिद्यार्थीले अब बाट , प्रसोधित पानी खानपाउने हुँदा लायन्स क्लबलाइ बिध्यालय परिवारले धन्यवाद ज्ञापन गरेको थियो ।



