लण्डन । कोभिड १९ का कारण २० जनवरी २०२१ का दिन १८२० जना मानिसले यूकेमा ज्यान गुमाएका छन । यो मृत्युदर यूकेमा आज सम्मकै उच्च हो । १९ जनवरी २०२० मा १६१० को संख्यामा भएको मृत्यु नै कोभिडका कारण धेरै ज्यान गुमाउने खराब दिन बनेको थियो ।
सन २०२१ जनवरीकै केहि दिनहरु जस्तै ११ जनवरीमा १०६४ , १२ जनवरीमा १०५२ , १३ जनवरीमा १०१८ र १४ जनवरी २०२१ मा १००० मान्छेले यूकेमा कोभिड १९ का कारण ज्यान गुमाएका थिए ।
कोभिड १९ का कारण मृत्यु हुनेको संख्यामा भारी सुधार हुदै १८ जनवरी २०२१ , सोमबार मृत्यु हुनेको संख्या ५९९ मा झरेको थियो । तर १९ जनवरी २०२१ मंगलवार अचानक सोमबारको भन्दा झण्डै तिन गुणाले बढेर अर्थात १६१० मानिसले कारोनाकै कारणले ज्यान गुमाउन पुगेका छन ।
बेलायतमा हालसम्म ४६ लाख ९ हजार ७४० जनाले कोरोना विरुद्ध खोपको पहिलो डोज लिइसकेका छन् । व्रिटेनको स्वास्थ सेवा र ७० वर्ष भन्दा माथिका वृद्धवृदालाई प्राथमिकतामा राखेर भ्याक्सिनको वितरणलाई सहज बनाईएको छ तर भ्याक्सिन सत प्रतिशत सुरक्षित भने नरहेको राष्ट्रिय स्वास्थ सेवा विभागले सूचित पनि गरेको छ ।
यसैगरी पब्लिक हेल्थ इङ्गल्याण्डका अनुसार कोरोना संक्रमितको संख्या पनि पछिल्लो २४ घन्टामा ३८ हजार ९०५ पुगेको छ । यससंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३५ लाख पांच हजार ७५४ पुगेको छ ।