२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

भारतले बुधबारदेखि नेपाललगायत अन्य छिमेकी देशमा खोप आपूर्ति गर्ने

1788 Shares
Spread the love

काठमाडौं । भारतले बुधबारदेखि नेपाललगायत अन्य छिमकी देशहरुलाई कोरोनाभाइरसविरुद्धको खोप आपूर्ति गर्ने भएको छ । भारतीय विदेश मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबारदेखि नेपालसहितका छिमेकी देशहरुलाई कोरोनाभाइरस विरुद्धको खोप उपलब्ध गराउने बताएको हो ।

मन्त्रालयले नेपालसहित भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार र सेसेल्समा खोप आपूर्ति सुरु हुने जनाएकाे छ । मन्त्रालयले अनुदानमा खोप वितरण गर्ने बताएपनि परिमाण भने खुलाएको छैन । आन्तरिक माग पुरा हुने सुनिश्चित भएको कारणले मात्र छिमेकी मुलुकलाई खोप उपलब्ध गराउने विदेश मन्त्रालयले उल्लेख गरेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बुधबारदेखि नै खोप वितरण सुरु हुने ट्वीटरमा लेखेका छन् ।

प्रतिक्रिया