२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

संक्रमण बढेपछि बेलायतले लगायो अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध

2150 Shares
Spread the love

लण्डन । कोरोना भाइरसको संक्रमण बढपछि बेलायतले सबै अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध लगाएको छ ।

कोरोना भाइरसको नयाँ प्रजातिबाट जोगाउनका लागि आगामी सोमबारदेखि लागू हुने गरी बेलायतमा सबै प्रकारका यात्रामा रोक लगाइएको प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् ।

बेलायत आउन अब अनिवार्यरुपमा कोरोनाको परीक्षण रिपोर्ट नेगेटिभ भएको देखाउनु पर्नेछ ।

नयाँ यात्रा प्रतिबन्ध फेब्रुअरी महिनाको १५ तारिखसम्म लागू रहने बीबीसीले जनाएको छ ।

बेलायतको स्वास्थ्य मन्त्रालयले केही सातायता संक्रमण ५० प्रतिशतले बढिरहेको जनाएको छ ।

प्रतिक्रिया