२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

कोरोना खोपको आपतकालीन अनुमतिका लागि निवेदन दिन आव्हान

1384 Shares
Spread the love

काठमाडौं। सरकारले कोरोनाविरुद्धको खोपको नेपालमा आपतकालीन प्रयोगका लागि अनुमित लिन सरोकारवालाई आव्हान गरेको छ। बुधबार स्वास्थ्य मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागले एक सूचना जारी गर्दै नेपालमा आपतकालीन उपयोगका लागि अनुमति लिन निवेदन मागेको हो।

सूचनामा भनिएको छ, ‘यस विभागमा दर्ता रहेका वा दर्ता गरी आयत गर्ने मनशाय राख्नुहुने उत्पादक वा सोको आधिकारिक आयातकर्ताले सम्बन्धित उत्पादककर्ताको तर्फबाट आवश्यक कागजातसहितको विवरण खुलाई खोपको आपतकालीन प्रयोगको दर्ता अनुमतिका लागि यथाशीघ्र आवेदन पेश गर्न हुन सबैलाई सूचित गरिन्छ।’

भारतलगायतका अन्य देशहरुमा विभिन्न कम्पनीले विकास गरेका खोपहरुलाई आपतकालीन उपयोगका लागि अनुमति दिइएको छ र ती देशहरुमा भ्याक्सिनेशन कार्य जारी छ। भारतमा पनि यही जनवरी १६ देखि भ्याक्सिनेशन गरिँदैछ। विश्वमा भ्याक्सिनेशन शुरु गरिएपछि नेपालले पनि त्यसका लागि प्रक्रिया थालेको हो। नेपालमा अनुमति नलिए कुनै पनि खोपको नेपालमा प्रयोग गर्न पाइँदैन।

यसअघि बुधबार नै एक सूचना प्रकाशित गर्दै स्वास्थ्य मन्त्रालयले कोरोनाविरुद्धको खोप खरिदका लागि रकम अभाव भएको भन्दै आर्थिक सहयोग गर्न आव्हान गरेको थियो ।

प्रतिक्रिया